Logo
Logo

अरिंगालले टोकेर एक जनाको मृत्यु


693
Shares

स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासमा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ।

मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका २८ वर्षीय चेलिस श्रेष्ठलाई अरिंगालले टोकेर घाइते भएका थिए।

स्थानियको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो। उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

अरिंगाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको स्थानियले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका स्याङजाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्