Logo
Logo

एमालेले झुलाघाटदेखि चिवा भन्ज्याङसम्म जनसंवाद अभियान सञ्चालन गर्ने


945
Shares

सिरहा । नेकपा एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियानअन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित ‘वृहत पदयात्रा तथा जनसंवाद’ गर्ने भएको छ । बुधबार सिरहाको सर्रे अम्बासमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यो अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले यो अभियान आगामी मंसिरमा सञ्चालन हुने बताए ।

यसअघि २०७४ मा सन्चालित महेन्द्र राजमार्ग केन्द्रित मेची महाकाली अभियानजस्तै यसपटक मध्यपहाडी राजमार्गमा जनस्तरको कार्यक्रम गर्न लागिएको ज्ञवालीको भनाइ छ ।

बैठकले पार्टीको हिरक महोत्सव तथा शहीद स्मारक ऐतिहासिक चौथो महाधिवेशनस्थल सर्रे अम्बासमै निर्माण गर्ने निर्णय गरेको छ । स्मारकको बुधबार अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्