Logo
Logo

लैंगिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा उत्सव


882
Shares

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नो पहिचानसहित गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । आफूहरूको अस्तित्व समाजमा छ भन्ने जानकारी दिँदै अन्य मानव सरहको मानव अधिकारका लागि आह्वान गर्दै गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका हुन् ।

सन् २००४ देखि हरेक वर्ष समुदायभित्र विभिन्न लान्छना र भेदभावका कारण मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रम, सांस्कृतिक तथा लैङ्गिक पहिचानसहितको भेषभुषामा ¥याली निकाल्ने गरेको लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्