Logo
Logo

गोविन्द केसी भदौ २९ गतेबाट अनसन बस्ने


2.1k
Shares

काठमाडौं । डा. गोविन्द केसीले अनसन सुरु गर्ने घोषणा गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट अनसन थाल्ने घोषणा गरेका हुन् ।

विभिन्न मागहरू राखेर २९ साउनबाट सत्याग्रह सुरु गर्न लागेको उनले सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि अनसन सारेका थिए । उक्त समय भदौ २९ गते सकिँदैछ ।

‘ती प्रतिबद्धताहरू कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ,’ उनले भनेका छन् । डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवार मात्र छनोट गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

‘चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चारवर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरूमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ,’ उनले भनेका छन्, ‘अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ । त्यस्ता उम्मेदवार पदाधिकारीका रूपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्