Logo
Logo

मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार : मन्त्री नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २७ पुस । कामनपा-२२ महाबौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले मुलुकको अर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । उहाँले निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्र सीमित नभई उद्यमशीलता विकासमा खर्च गर्न आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, मुलुकको समृद्धिका लागि सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र महत्वपूर्ण आधार भएकाले मुलुकको समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौडेलले प्रविधिमा आधारित सेवा दिन नसके त्यस्तो सहकारी टिक्न नसक्ने भन्दै बजारमा प्रतिस्पर्धी हुनका लागि पनि ग्राहकलाई आधुनिक सेवा दिन आवश्यक रहेको बताउनुभयो । सहकारी संस्थाहरूले प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी साधारणसभामा यस संस्थाका संस्थापक अध्यक्ष एवं एकता व्यापार संघका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेती, अभिच्छिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव खरेल, क्यारिवियन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चक्रप्रसाद पौडेल, टचस्टोन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चीनबहादुर श्रेष्ठ, सिर्जनशील महिला समूहकी अध्यक्ष शान्ति उपाध्यायले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सचिव भक्त पराजुलीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष गोविन्द श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । अध्यक्ष सापकोटाले संस्थाले २४ करोड ५५ लाख ६३ हजार ९८२ बचत संकलन गरी २१ करोड ३३ लाख पाँच हजार ३४५ कर्जा लगानी गर्न सफल भएको शनिबार आयोजित नवौँ वार्षिक साधारणसभामा जानकारी दिनुभयो । सहकारीले गत आवमा रु २ करोड ७९ लाख ४६ हजार ८०० शेयर पूँजी वृद्धि गरी कुल रु ३ करोड ९९ लाख १३ हजार ६०० पु¥याउन सफल भएको बताउनुभयो ।

द्रव्यलाभ सहकारीले चालु आवमा शेयर पूँजी वृद्धि गरी रु ४ करोड ९८ लाख ९२ हजार पु¥याउने लक्ष्य लिएको र यस्तै निक्षेप सङ्कलन रु ३० करोड ६९ लाख ५४ हजार र कर्जा प्रवाह रु २६ करोड ६६ लाख ३१ हजार पु¥याउने लक्ष्य लिइएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

साधारणसभामा लेखा समितिका संयोजक विष्णुप्रसाद आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र ऋण उपसमिति संयोजक तेजप्रसाद आचार्यले ऋण लगानी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले यी सबै प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य र एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्