Logo
Logo

रविको व्यंग्य- राजीनामा दिएर मै आउँला वडाध्यक्ष लड्न


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका लागि आवेदन खुला गरेको भएपनि सोचेअनुरुप आवेदन नपरेपछि लामिछानेले चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रो समस्या छ यहाँ । वडाध्यक्ष त म आफैंले राजीनामा दिएर उठ्नुपर्ने जस्तो छ । हाम्रा साथीहरूले वडाध्यक्ष हेर्दैनन् अहिले । एकैचोटि पालिका हेर्ने हो । तल हेदैनन् हाम्रा साथीहरूले । यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई ।’

अब राजीनामा दिएर वडाध्यक्ष लड्न आफै आउने भन्दै उनले व्यंग्य गरे । ‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।

प्रमुख र अध्यक्ष पदमा मात्रै आवेदन दिएर तल्लो पद नहेर्नुले अवसरको राजनीति छर्लंगै देखिएको उनले बताए । अवसरको राजनीति नगर्न कार्यकर्तालाई लामिछानेले सुझाव दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000