Logo
Logo

अब फेसबुक र इन्टाग्राम चलाउन पैसा तिर्नुपर्ने


6.7k
Shares

एजेन्सी । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । रिपोर्ट अनुसार मेटाले फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि पैसा तिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

यद्यपी यो तत्कालका लागि युरोपमा सुरुआत गर्ने निर्णय गरेको हो । मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम निःशुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सःशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

यद्यपी फेसबुक तथा इन्स्टाग्राम चलाउन कति शुल्क तिर्नुपर्नेछ भन्ने बारेमा मेटाले हालसम्म आलसम्म अआधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्