Logo
Logo

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान


504
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् । इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन उनी त्यसतर्फ गएका हुन् ।

मन्त्री बस्नेतसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा पनि इजिप्ट प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतिका विषयमा मन्त्रीस्तरीय बैठकमा आफुले कुरा राख्ने जानकारी दिए ।

यसका साथै आगामी महिना हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा लबिङ गर्ने पनि मन्त्री बस्नेतले बताए । स्वास्थ्य मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्