काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले इनम सापकोटाको शैक्षिक पृष्ठभूमि र उनको कार्यशैलीबारे टिप्पणी गरेका छन् । पुनले भगवानले सापकोटालाई सुन्दर अनुहार र जीउडाल दिए पनि ठग बुद्धि किन दिएको होला भन्दै व्यङ्ग्य गरेका छन् । उनले सापकोटाले कहाँ र कति पढेका छन् तथा ‘धूर्त विद्या’ कहाँ सिकेका हुन् भन्ने विषयमा इन्टरनेटमा खोजी गरेको बताएका छन् ।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भगवानले इनम सापकोटालाई यति राम्रो सुन्दर अनुहार र जीउ ढाल बनाएर किन ठग बुद्धि दिए होलान्रु मलाई निकै खुलदुली लागेर इनमले कहाँ कहाँ र कति कति पढेका रहेछन् र धुर्त विद्या कहाँ सिकेका रहेछन् भनेर इन्टरनेटमा खोजेको थिएँ । विदेशतिर पढेको केही प्रमाण भेटिएन ।’
उनले सापकोटालाई ठगी गर्ने बुद्धि सिकाउने गुरु कोही छन् वा उनले आफैँ यस्तो बुद्धि सिकेका हुन् भन्ने विषयमा विज्ञहरूले अनुसन्धान गर्नुपर्ने भनाइ राखेका छन् ।
पुनले लेखेका छन्, ‘बरु उनलाई ठग बुद्धि सिकाउने गुरु कोही छन् वा ठग बुद्धि उनी आफैँले सिकेका हुन् भनेर विज्ञहरूले अनुसन्धान गर्नुपर्ने देखियो ।’















