काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल सुरु भएको छ । खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भइरहेको छ ।
नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको हो ।
नेपालले भारतविरुद्धको महत्वपूर्ण म्याचमा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ । उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए ।
भारतले पनि टीममा एउटा परिवर्तन गरेको छ । फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामी आएका छन् । बुमराह पारिवारिक कारणले घर फर्केका थिए ।
दुवै टीमले अन्य १० जना पहिलो म्याचमा खेलाएकै खेलाडीहरूलाई समावेश गरेका छन् ।
भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ । नेपालले एक परिवर्तन गरेको छ । भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।














