काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले आर्धसतक बनाएका छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा आसिफले ८८ बलमा ७ चौँकासहित ५० रन बनाएका हुन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २७ ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ । अहिले गुल्सन झा र आसिफ क्रिजमा छन् ।
नेपालका ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिएका थिए । त्यस्तै कप्तान रोहितले पौडेलले ८ बलमा ५ रन र भीम सार्कीले १७ बलमा ७ रन जोडेका थिए । कुलश मल्ल भने ५ बलमा २ रन जोड्दै आउट भएका थिए ।














