काठमाडौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा पानी परेपछि अवरुद्ध भएको हो ।

खेल रोकिनुअघि ३७ ओभार ५ बलमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।
श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् ।
यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ , कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् ।
भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।














