Logo
Logo

सुरू भयो वर्षाले रोकिएको नेपाल र भारतको खेल


1.7k
Shares

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ ।

श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरूद्ध भएको थियो ।

भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७ ओभार ५ बलमा ६ विकेटको क्षतिमा १७८ रन बनाउँदा खेल अवरूद्ध भएको थियो । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् ।

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ , कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् ।

भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्