काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन कटाएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको हो । अहिले सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा रहेका छन् ।
दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर एलबिडब्लु भए । उनलाई हार्दिक पाण्डेयले आउट गरेका थिए ।
नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् ।
यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् ।














