
काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणकोदोस्रो खेल अन्तर्गत भारतविरुद्ध खेल्दैछ ।
खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ । तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि समूह चरण पार गर्न भारतविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दवाव बढेको छ । भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
यस समूहमा भारत र बंगलादेशको समान ३ अंक छ । बंगलादेशले दुवै खेल खेलिसकेको छ । यदि नेपालले भारतलाई हराएको अवस्थामा भने तीनवटै टोलीको समान अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।
भारत साविक विजेता समेत हो भने नेपाल साविक उपविजेता हो । गत वर्ष श्रीलंकामा भएको संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।














