Logo
Logo

एसिया कप खेलेर फर्के नेपाली टोली


630
Shares

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । उनीहरुलाई त्रिभ्ुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट आउट भएपछि घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्