काठमाडौं । नेपाल र म्यानमारबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । आज शुक्रवार म्यानमारको थुवुन्ना रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

नेपालले खेलको ५८ औँ मिनेटमा पेनाल्टी पाएको थियो तर अञ्जन विष्टले गोल गर्न सकेनन् । पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल रोक्ने क्रममा बल भएपछि नेपालले पेनाल्टी पाएको थियो । खेलमा दुवै टोलीले केही मौका बनाए पनि गोल गर्न भने सकेनन् ।
नेपाल र म्यानमारबीचको अर्को मैत्रीपूर्ण फुटबल सेप्टेम्बर ११ तारिखमा यही रङ्गशालामा हुनेछ । यसअघि नेपाल र म्यानमारबीच २ पटक भेट भएकोमा दुवै खेल म्यानमारले जितेको थियो ।
फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ ।














