Logo
Logo

बीपी विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो : देउवा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक तथा साहित्यकार बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा कांग्रेस मुख्यालय सानेपामा आयोजित ‘बीपी साहित्य महोत्सव’को उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

बीपीको बहुआयमिक व्यक्तित्व र प्रतिभा भएको चर्चा गर्दै सभापति देउवाले भने, ‘बीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन् ।’

उनले बीपीले साहित्य पनि सत्य घटनामा आधारित भएर लेख्ने गरेको स्मरण गर्दै भने, ‘मैले एकपटक श्वेतभैरवी पढिसकेपछि उहाँलाई सोधेको थिएँ । त्यसबेला मैले कथाको कुरा सोध्दा उहाँले घुँडामा रहेको घाउ देखाउनुभएको थियो । त्यसकारण उहाँले लेखेका कथा पनि सत्य घटनामा आधारित हुन्थे ।’

प्रतिक्रिया दिनुहोस्