
काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा आज बिहानैबाट हल्का देखि मध्यम वर्षा भईरहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहि देशका बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूर पश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।














