Logo
Logo

समाजवादी मोर्चाको सहकार्य निरन्तर रहन्छ : उपेन्द्र यादव


189
Shares

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाको सहकार्य निरन्तर जारी रहने बताएका छन् ।

आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले लामो सहकार्यका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपालगायतका राजनीतिक दलबीच छलफल भएर समाजवादी मोर्चा बनेकाले सहकार्य निरन्तर जारी रहने बताएका छन् ।

उनले भने, ‘निश्चित उद्देश्यका लागि मोर्चा बनेको हो, यसैले कुनै एक–दुई घटना–परिघटनाले सहकार्यमा प्रभाव पार्दैन ।’

अध्यक्ष यादवले कोसी प्रदेशको राजनीति अस्थिर हुनुमा संविधानको त्रुटि जिम्मेवार भएको बताए । उनका अनुसार सरकार गठनका लागि संविधानमा धेरै प्रावधान राखिनु त्रुटि हो ।

उनले भने, ‘बहुमतप्राप्त पार्टीलाई सरकार गठनको अधिकार हुने मात्र प्रावधान भएको भए कोसीमा सरकार बनाउन पटक–पटक अस्थिर खेल हुने नै थिएन, कोसीमा पटक–पटक सरकार गठन गरेर पनि सत्ता गुमाउन बाध्य भए पनि गठबन्धन असफल भएको भन्न मिल्दैन ।’

राजनीतिमा सबै सम्भावना र चलखेल हुने भएकाले सरकारमा नरहँदैमा गठबन्धन नै असफल भएको भन्ने नमिल्ने उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्