
काठमाडौं । नेकपा एमालले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको हो ।
बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । नेता नेम्वाङको गए राति १ः३० बजे हृदयघातका कारण निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि लैजाने तयारी भइरहेको छ । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र भोलि मात्रै मुन्धुम संकारअनुसार दाहसंस्कार गरिने भएको छ ।














