Logo
Logo

इटहरीमा आज केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिँदैछ ।

सङ्गठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको छ । जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरुलाई आज मंगलबार प्रशिक्षण दिन लागिएको हो ।

इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने प्रशिक्षणमा पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस्