
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी आज मंगलबार बिहान ९ बजे कतार एयरवेजबाट न्युयोर्क प्रस्थान गरेका हुन् ।
सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।














