Logo
Logo

नेम्वाङको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा


567
Shares

काठमाडौं । दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको शवमा एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यले पार्टीको झण्डा ओढाएका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । त्यस्तै प्रदीप ज्ञवाली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर लगायतका नेताहरुले पुष्पगुच्छा अर्पण गरेर सम्मान व्यक्त गरेका छन् । हृदयाघातका कारण गए राति नेम्वाङको काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्