Logo
Logo

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट


567
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्