Logo
Logo

दार्चुलाको अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता गर्ने


अमर खत्री

819
Shares

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले पालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

गाउँपालिकाले एक सुचना जारी गदैँ पर्यटन प्रबद्र्धनमा सामाजिक संञ्जालको उपादेयतालाई मध्यनजर गदैँ पालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न तथा भम्रण वर्ष २०८० र विश्व पर्यटन वर्ष २०८० का लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको सुचनामार्फत जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुकहरुले अपि हिमालको पर्यटन क्षेत्र, साँस्कृतिक र भेषभुषा झल्किने गरी अपि हिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनमत १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्ने छ ।

सो टिकटक भिडियो आफ्नो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई अनिवार्य ट्याग गरी असोज १ गते बिहान ८ बजे पछि मात्र सार्वजनिक गरी अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने छ ।

भिडियोलाई मुल्याङन समितिले मुल्याङन गरी प्रथम हुनेलाई रु १० हजार,द्धितिय ७ हजार ५ जना अन्य सहभागीहरुलाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने छ ।

टिकटक भिडियोमा अगामी असोज ७ गते दिउँसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयबस्तुको गहनता, प्रस्तुतिकरण आदिका आधारमा मुल्याकंन समितिको आधारमा ६० प्रतिशत भार विनीयोजन गरिने छ ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गएकोले टिकटकको लोकप्रियतालाई ध्यानमा राखेर गाउँपालिकाले पालिका भित्र रहेका रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले टिकटक प्रतियोगिताको आयोजना गरेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्