
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा ढाकाकुमार श्रेष्ठबारे भ्रामक पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले ढाकाकुमारबारे सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरेको आरोपमा स्याङ्जा आँधीखोलाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई पक्राउ गरेको हो ।
रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए ।
श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी उजुरी गरेपछि रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














