Logo
Logo

जिम्मेवारी हेरफेरबारे खनालले भने- यो एकदमै खतरनाक


40.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेरलाई लिएर तिव्र असन्तुष्टि देखिएको छ । पार्टीका सम्मानीत नेता झलनाथ खनालसमेत असन्तुष्ट देखिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले कार्य विभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको बताए । उनले शुक्रबार काठमाडौंमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको बताए ।

नेता खनालले भने, ‘यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन ।’ उनले सहमतिबिना अपानि जारी भएको बताउँदै भने, ‘त्यसबारे हामी छलफल गर्दैछौँ ।’

एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दै अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । तर, कार्यविभाजनलाई लिएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू समेत असन्तुष्टि देखाएका छन् ।

अध्यक्ष माधव नेपालले विहीबार जारी गरेको अपानिमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर, कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोे छ । सो निर्णविरुद्ध पार्टीमा देशभर असहमति भएको छ । केही नेताले असहमति जनाउँदै पार्टी छाडेको घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्