Logo
Logo

अपांगता भएकी महिलालाई सामूहिक बलात्कार गर्ने २ जना पक्राउ


3.8k
Shares

काठमाडौं । स्याङ्जामा अपांगता भएकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पावलसिंह लामाका अनुसार उनीहरुले यहि भदौ २० गते आफ्नै घरमा बसिरहेको अवस्थामा ती महिलालाई सामूहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाका आफन्तको उजुरीको आधारमा पक्राउपछि उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्