Logo
Logo

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : विश्वप्रकाश


567
Shares

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । शनिबार झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए ।

‘कांग्रेसले कसैलाई निलम्बन गर्यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन’, उनले भने, ‘भ्रष्टाचारको फाइलमात्र होइन, फायर खोलिनुपर्छ ।’ नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औँल्याए । उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए ।

महामन्त्री शर्माले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको बताए । ‘पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो, फेरि पनि असङ्गत विधेयक नै ल्याइयो’, उनले भने, ‘म पनि शिक्षकको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्राकृतिकरूपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गरे । उनले नयाँ बनेका पार्टीबाट लोकतन्त्रका लागि बलिदानी सङ्घर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूलाई असर नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्