Logo
Logo

पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा बेच्न प्रतिबन्ध


882
Shares

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा आज (आइतिबार) बाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आज एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म मासु र मदिराजन्य पदार्थ बिक्री गर्न निषेध गरिएको हो ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्