
काठमाडौं । न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशको नियुक्ति गरेको छ । मंगलबार बसेको न्याय परिषदको बैठकले आन्तरिक, खुल्ला र अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।
त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ । १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।





















