Logo
Logo

पाल्पामा चक्कु हानेर एक युवकको हत्या


2.6k
Shares

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–२ मा आइतबार राति एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको हो ।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति खत्रीमाथि धारिलो हतियार चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएपनि राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्याको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000