Logo
Logo

काण्डहरु चलाएर देशको विकास हुँदैन : ओली


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने बताएका छन् । शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले बिभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश बिकास हुन नसक्ने बताएका हुन् ।

उनले भने, ‘विभिन्न काण्डहरु चलाएर देशको विकास हुन सक्दैन । यो अल्मलाउने काम मात्र हो ।’ अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफु नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफुहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे । अध्यक्ष ओलीले भने, हामी (एमाले) फेरि जाग्छ, देशको विकास गरेरै छाड्छौँ ।’

मुलुकको अवस्था नाजुक रहेकाले सवै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्