
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट चयन भएका छन् । चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएका भट्ट दोस्रोपटक निर्वाचित भएका हुन् ।
भट्टसँगै केन्द्रीय कार्यसमितिमा ६ जना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, लुम्बिनी प्रदेशमा प्रदीप मझगैया र कर्णाली प्रदेशमा श्रीधर केसी निर्विरोध भएका छन् ।














