Logo
Logo

१८८ घण्टादेखि उभिइरहेका इ: सँग वार्ता गर्न टोली गठन


756
Shares

काठमाडौं । राष्ट्रिय सभा गृहको गेठमा १८८ घण्टादेखि उभिइरहेका अभियन्ता इ: सँग वार्ता गर्न काठमाडौं महानगरपालिकाले वार्ता टोली गठन गरेको छ ।

काठमाडौं महानगरभित्रकाले फुटपाथ व्यवसायीलाई विकल्प विना हटाइएको लगायत विषयलाई लिएर अभियन्ता इ: १८८ घण्टादेखि राष्ट्रिय सभा गृहको गेटमा उभिइरहेका छन् । उनीसँग वार्ता गर्न महानगरले प्रवक्ता तथा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनेको हो।

आजै बिहान उपमेयर सुनीता डंगोल अभियन्ता ईःलाई भेटेकी थिइन्। उनले फुटपाथ व्यवसायीलाई वैकल्पिक उपाय दिने नीति बनाउन पहल गर्ने बताएकी थिइन्। यद्यपि आफ्नो सीमित भूमिका रहेको पनि उनले बताएकी थिइन्।

अभियन्ता ईः गत मंगलबार दिउँसो १ बजेदेखि उभिएर फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएकोमा विरोध जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्