Logo
Logo

एकै खेलमा नेपालको १४ कीर्तिमान


9.6k
Shares

काठमाडौं । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा आज बिहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो ।

नेपालले बनाएको ३१४ रनको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थियो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बल खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे ।

यसै खेलमा दीपेन्द्र सिंह ऐरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो ६ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।

कुशल टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्ले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।

साथै टी-२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले पानामालाई सन् २०२१ मा २०८ रनले पराजित गरेको थियो ।

आजको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।

खेलमा १४ कीर्तिमान

पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियामाथि नेपालले विश्व कीर्तिमानको वर्षा गराउन सफल भएको हो । नेपालले टि–२० आईका लगभग सबै प्रमुख कीर्तिमान तोडेको छ ।

नेपालले अविश्वसनीय र कहिल्यै नतोडिने विश्व कीतिमान पनि त्यतिनै बनाउँन सफल भयो । नेपालले एकै खेलमा ६ विश्व कीर्तिमान सहित एकै खेलमा १४ कीर्तिमान बनाएको छ ।

दीपेन्द्र ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

ओडिआई र टि–२० आई दुबैमा छिटो शतक

रोहित र कुशलको १९ बलमै अर्धशतक

दीपेन्द्रको ७ अर्धशतक

१२ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी

नेपाली ब्याटरको उच्च साझेदारी

कुशल एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर

नेपालको उच्च योगफल

तेस्रो विकेटका लागि विश्व कीर्तिमान

टि-२० आईकै सर्वाधिक छिटो शतक

दीपेन्द्रको दुर्लभ अर्धशतक

टि-२० आईमा सर्वाधिक फराकिलो जित

एकै खेलमा इनिङमा सर्वाधिक छक्का

नेपाल टि–२० आईमा ३ सय रन बनाउने पहिलो टोली

प्रतिक्रिया दिनुहोस्