Logo
Logo

एमाले बागमतीमा जुटेन सहमति, भोलि निर्वाचन


1.1k
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचनका लागि बुधबार आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।

यसअघि अध्यक्ष एवं एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटाउने प्रयास गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाटै बागमती प्रदेश नेतृत्व चयन गरिने भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000