Logo
Logo

स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको सजायबारे सूचना


4k
Shares

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण एवं कुपिट गर्दा हुने दण्ड सजायबारे हुने सबै स्वास्थ्य संस्थामा सर्वसाधारणले सहजै देख्ने गरी सूचना राख्ने भएको छ । बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलमा सो निर्णय गरेको हो ।

छलफलमा स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्र्यवहारका घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्