Logo
Logo

एकीकृत समाजवादीको ‘मेची-काली जागरण अभियान’ (यस्तो छ तालिका)


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि ९०० किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालन गर्ने भएको छ । मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले ‘समाजवादी जागरण अभियान २०८०’ अभियानबारे भनेको छ, ‘समाजवादी जागरण अभियान को नाममा हामी जनताको घर दैलोमा पुग्नेछौं र जनताको दुख सुखमा साथ दिनेछौं । सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो, भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नु हाम्रो काम हो । न्यायपूर्ण समाजको निर्माण गर्नका लागि हामी सदैव जनताको साथमा हुन चाहान्छौं । देशको सीमा रक्षा गर्नु,राष्ट्रियताको सम्बर्द्धन गर्नु र जनताको शिर स्वाभिमानले उचो गर्नु हाम्रो कर्तब्य हो । हामी यही कर्तब्य निर्वाह गर्न र जनता प्रतिको जवाफदेहिता पूरा गर्न यहाँहरुको सामुन्नेमा छौँ ।’

समाजवादी जागरणबारे प्रष्ट पार्दै एकीकृत समाजवादीले भनेको छ– ‘पार्टीको जनजनजागरण अभियानको रुपमा हामीले यहाँहरुलाई नजिकबाट चिन्ने मौका पाएका छौँ भने नेपालका लागि जनताको समाजवाद नै गरीबीको उन्मुलन गर्ने अचुक सिद्धान्त हो र कम्युनिष्टहरु नै जनता सबल र सफल हुने समाजवादको सच्चा अभियन्ता हुन्, जसको जिम्मेवारी आज नेकपा एकीकृत समाजवादीले पूरा गर्नुछ। हामी यो अभियानमा मेची देखि महाकालीका जनता र भूगोललाई जन एकता र सद्भावको मालामा गाँसेर पहिरिनेछौँ ।’

समाजवादी जागरण अभियानमा सरिक हुन आह्वान गर्दै एकीकृत समाजवादीले सबै जाति, भाषा धर्म, संस्कृति र भूगोलका जनता बीचको एकताले नेपाल बनेको भन्दै यही एकताको जगमा नेपालीहरुले सयौं वर्षदेखि देशको स्वतन्त्रताको रक्षा गर्दै आएको जनाएको छ ।

‘यो गौरवलाई बचाई राख्नका लागि नेकपा एकीकृत समाजवादी निरन्तर जनचेतना विस्तार गर्न र जन एकता सुदृढ गर्न अथक प्रयास गरि नै रहेको छ । हामी आज त्यसैको निरन्तरता रुपमा यो जन अभियानमा लामबद्ध भएका छौं’ एकीकृत समाजवादीले भनेको छ, ‘हाम्रो पार्टीको पहलमा जनताको साथ र एकयबद्धताले नेपालले आफ्नो नयाँ स्वरुप प्राप्त गर्नेछ । आउनुहोस् हामी मिलेर हाम्रा दुःख विरुद्धमा संघर्ष गरौं। र सामाजिक मुक्ति प्राप्त गरौं ।’

यस्ता छन् तय गरेका नाराहरु
आधुनिक कृषि र रोजगारी, समृद्धिको तयारी अबको नेपाल, रोजगार नेपाल ।
नेकपा एस आयो घरघरमा, जनताको अधिकार– गाँस, बास, कपास र रोजगार ।
युवाको अधिकार– शिक्षा, स्वास्थ्य र रोजगार दशैँ, तिहार छठको मंगलमय शुभकामना ।
सबैभन्दा बेस नेकपा एस जनशक्तिको निर्यात बन्द गर– सबैलाई रोजगारीको ग्यारेन्टी गर ।
युवाहरु हो, समाजवादी क्रान्तिको लागि तयार होऔं ।
गरिवीको पिँजडाबाट मुक्त गर,समृद्ध नेपाल निर्माण गर ।
भूमिहीनलाई भूमि देऊ,अब्यवस्थितलाई लालपूर्जा देऊ ।
बैदेशिक हस्तक्षेप मुर्दावाद,आत्म निर्भर नेपाल जिन्दावाद ।
भाषा धर्म संस्कृति– नेपाल नामको फूलबारी ।
धार्मिक सहिष्णुता र एकता नेपालीको सभ्यता ।
दलाल पूँजीको अन्त्य गरौं– राष्ट्रिय पूँजीको विकास गरौं ।
नेपाली कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर ।
उदारवादी अर्थतन्त्र अन्त्य गर, समाजवादी अर्थतन्त्र लागु गर ।
नो ईम्पेरेलिजम, बट सोसलिजम ।
किसानको लागि उत्पादन विक्री– मजदुरको लागि पर्याप्त ज्याला ।
लिम्पियाधुरा कालापानी फिर्ता गर, सीमा मिच्न बन्द गर ।
नेपाली भूमि फिर्ता गर– देशको सीमा रक्षा गर ।
गास, कास, कपास समाजवादी आवाजमा – ब्युँझ, उठ निमुखा समाजवादीको साथमा ।
नेपाली विशेषताको समाजवाद– बोल नेपाली जिन्दावाद ।
शिक्षा, स्वास्थ्य निशुल्क गर–स्वस्थ्य पिउने पानीको ब्यवस्था गर ।
भ्रष्टाचारीलाई पाता कसौँ, जनता हामी चुपचाप नबसौँ ।
गरीबी र भ्रष्टाचार– जनता भनौं खबरदार ।
शिक्षा,स्वास्थ्यमा गुणस्तरीय र सुलभ सेवा देउ ।
युवाको हातमा देश छ– तर युवा विदेश छ ।
रोजगारीको ब्यवस्था गर– युवा निर्यात बन्द गर ।
देशमै शिक्षा, देशमै रोजगारी – अनि मात्र हुन्छ समाजवादको तयारी ।
चुरे महाभारतको संरक्षण– पर्यावरणको प्रबर्द्धन ।
चुरे महाभारतको संरक्षण– मधेसमा उत्पादन प्रबद्र्धन ।
बैंकको ब्याजदर तुरुन्त घटाउ– उद्योग ब्यवसाय चलायमान बनाउ।
निर्माण व्यावसायीको भुक्तानी गर– विकास कार्य सूचारु गर ।
जनताको सेवामा एकीकृत समाजवादी ।
पर्यावरणको सन्तुलन,वातावरणको संरक्षण ।
हरियाली नेपालको लागि नेकपा एकीकृत समाजवादी ।
हामी जित्नेछौँ एक दिन, जनताको हौसला बढाई राखौं हामी जित्ने छौं एक दिन ।
जन अभियान चौरासी, घरघरमा कलम जन जनमा समाजवादी ।
किसानलाई देउ सरकार– मल, बीऊ, पानी र औजार ।
किसानको उत्पादन खरिद गर, कृषि बचत सुनिश्चित गर।
सयौँ फूलका थुँगा हामी एउटै माला नेपाली ।
नेपालीको प्यारो पार्टी एकीकृत समाजवादी ।
विकृति विसंगतिको अन्त्य गरौं– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं।
समाजवादी जागरण अभियान २०८० ले तय गरेका मागहरु
कालोबजारी बन्द गर, बढ्दो महँही नियन्त्रण गर ।
सन १९५० को असमान सन्धी खारेज गर।
समृद्धि र विकासको लागि एकीकृत समाजवादी, मेची काली सरर नेकपा एसको झण्डा फर ।
जनताको साथ देशको विकास ।
सीमानाको नियमन गर, वर्क पर्मिट लागू गर ।
सबै खेति योग्य जमीनमा सिँचाईको ब्यवस्था गर
नेपालको खनिज पदार्थको दोहन बन्द गर ।
स्वदेशी उत्पादन प्रबद्र्धन गराँै– आत्म निर्भर नेपाल निर्माण गरौं।
सटरहरु खाली छ – सरकार किन देख्दैन,
जनताहरु भोकै छन्– देशलाई किन दुख्दैन ।

समाजवादी जागरण अभियानका लागि तय गरिएको गीत

मेचीदेखि कालीसम्म,
जनतादेखि जनतासम्म,
राष्ट्रियताको झण्डा फहराउँदै,
भ्रष्टाचारको निर्मूल गर्न, जन एकताको हातेमालो गर्दे,
समृद्ध नेपाल बनाउन आयो समाजवादी
समाजवादको लक्ष बोकी संगै हिँनौ साथी,
न्याय मूलक समृद्धिमा हात जोडौँ साथी,
जनता उठे देश उठ्छ, उठौँ जागौँ आजै
भन्दै आयो नेकपा एकीकृत समाजवादी ।
युवा आए कलम बोकी, बुबा आमा आए
दिदी बहिनी, दाजुभाई झण्डा बोकी आए
हेपिएका ठगिएका मुठी कस्तै आए
एकीकृत समाजवादी जिन्दावाद गाए ।

प्रतिक्रिया दिनुहोस्