Logo
Logo

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, आफन्तद्वार सडक अवरुद्ध


630
Shares

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बालाककाे कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्