
काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत भोली हुने क्रिकेट क्वाटर फाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ुलक्की ड्रु निकाल्दा भारतको चिट निकालेका हुन् ।
नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।














