
काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपाली क्रिकेट टिम र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने सो खेलमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट सो खेल सुरु भएको हो ।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए ।
नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।














