Logo
Logo

भारतसँग २३ रनले पराजित हुँदै क्वाटर फाइनलबाटै बाहिरियो नेपाल


3k
Shares

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गतको पुरुष क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग पराजित भएको छ । सेमिफाइनल प्रवेशका लागि २०३ रनको लक्ष्य पछ्याएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।

२०३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट आशिफ शेखलाई टिमको स्कोर २९ रन हुँदा गुमाएको थियो । आशिफ १० रन बनाउँदै आउट भए । त्यसपछि कुशल भुर्तेल र कुशल मल्लले केही साझेदारी गरे पनि भुर्तेल २८ रन बनाउँदै आउट भए । त्यसपछि कुशल मल्ल पनि २९ रन बनाउँदै आउट भए र सोही ओभरमा कप्तान रोहित पौडेललाई पनि गुमाउन पुग्यो । पौडेल ३ रन बनाउँदै आउट भए ।

त्यसपछि दिपेन्द्र सिं ऐरीले नेपालका लागि केही आशा देखाए । उनले १५ बलमा ३२ रन बनाए । सन्दीप जोराले १२ बलमा २९ रन बनाए । नेपालका लागि सोमपाल कामीले ७ रनमा आउट हुँदा गुल्सन झा ६ रन बनाए । त्यस्तै सन्दीप लामिछाने ५ रन बनाए । करण केसीले १८ रन बनाए ।

भारतका लागि आभेष खान र रवि विस्नोईले ३र३ विकेट लिए भने अशरदीप सिंहले २ विकेट लिएका थिए । त्यस्तै साई किशोरीले १ विकेट लिए । त्यसअघि भारतका यशस्वी जैसवालको विस्फोटक शतकका मद्धतले भारतले २० ओभरमा २०२ रन बनाएका थिए । उनले ४९ बलमा सय रन बनाएका थिए ।

त्यस्तै कप्तान रुतुराज गाइकोडले २५ रन बनाए । भारतका लागि विस्फोटक ब्याट्सम्यान रिंकु सिंहले १५ बलमा ३७ रन बनाएका थिए भने शिव दुवे २५ बनाएका थिए । यस पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्