Logo
Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको भाउ


756
Shares

काठमाडौ । नेपाली बजारमा पहेलो धातु सुनको भाउ आज बिहिबार) पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३ सय रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्