Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.३४ रुपैयाँ र बिक्री दर ८४.७२ रुपैयाँ तोकिएको छ । यता क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेको छ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्री दर ९ रूपैयाँ ८८  पैसा कायम रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम हुँदा साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ तोकिएको छ । त्यसैगरि मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।

कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा तथा विक्रीदर ४३१.६२ पैसा कायम गरिएको छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्