Logo
Logo

मृगौला पीडित दिलकुमारीलाई ६ लाख ९९ हजार सहयोग हस्तान्तरण


4k
Shares

काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तले निवासी मृगौला पिडित दिलकुमारी मगरलाई ६ लाख ९९ हजार ८५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

’दिलकुमारी मगर बचाऊ अभियान’बाट संकलन भएको सो रकम शनिबार हस्तान्तरण गरेको सुमन थापा मगरले जानकारी दिए । उनका अनुसार बिरामी दिलकुमारी मगर वीर अस्पतालको आइसीयुमा उपचारत रहेकाले सो आर्थिक संकलनको चेक उनकी छोरी अस्मिता मगरलाई हस्तान्तरण गरेको हो ।

मृगौला पिडित मगरको उपचारको लागि घरको आर्थक अवस्था कमजोर भएकाले आर्थिक सहयोग अभियान संचालन गरेको कर्ण थापा मगरले जानकारी दिए । उनका अनुसार दिलकुमारीको उपचारको लागि २१९ जनाले आर्थिक सहयोग गरेका छन् ।
कर्ण थापाका अनुसार फोक्सोमा पानी जमेको देखिएको भन्दै वीर अस्पातलमा उपचार सुरु भएको थियो । तर बिरामीको परिक्षणपछि डाक्टरले मृगौलामा समस्या देखिएको बताएका थिए ।

डाक्टरले मृगौलामा समस्या देखिएको बताएपछि परिवारका आफन्तहरुले उपचारको लागि आर्थिक सहयोग अभियान चलाउन आग्रह गरको उनले बताए । उनका अनुसार बिरामीलाई लुपोस पनि देखिएको छ ।

उपचारको लागि आर्थिक अभियान चलाएपछि पालिका अध्यक्ष शालिकराम बन्जराले भने कुनै चासो नदेखाएको उनले बताए । आफ्नै छिमेकी यतिठुलो बिरामी भए पनि अध्यक्ष बन्जरा बोलाउँदा पनि नबोलेको उनले बताए ।

अध्यक्ष बन्जराले आर्थिक सहयोग पनि नगरेको उनले बताए । आफ्नै गाउँका देश/विदेशमा रहेका २१९ जनाले आर्थिक सहयोग गरे पनि पालिका अध्यक्ष बन्जराले भने कुनै आर्थिक सहयोग नगरेको उनले बताए । यस अभियानमा वडा अध्यक्ष पदम मगर, समाजसेवी केदार आले मगर, प्रकाश बन्जारा, संदेश मगर, प्रदिप मगर, देबु पासालगायतको विशेष भूमिका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्