
काठमाडौं । नेपाली बजारमा आव सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३ सय रुपैयाँले बढेको हाे ।
छापावाल सुन तोलामा एक लाख सात हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।
यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












