काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तालाई पाराजित गरेको छ । आज (बुधबार) भएको खेलमा नेपालले अफगानीस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

नेपालले अफगानिस्तानलाई २५–१९, १९–२५, २२–२५, २५–२१ र १५–१० ले जित हात पारेको हो । पहिलो सेट जितेपनि नेपालले त्यसपछि लगातार दुई सेट गुमाएपछि एक समय २–१ ले पछि थियो । तर चौथो र पाँचौं सेटमा जितका साथ नेपालले खेल जितेको हो ।
नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको थियो । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।
नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।














