Logo
Logo

हिमालय बैंकद्वारा प्रहरी परिसर काठमाडौंलाई क्यामेरा प्रदान


3.4k
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको ‘इन्स्टा ३६० चेष्ट स्ट्राप’सहित पाँच थान ‘ग्रुप हिरो ९’ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौंै जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले काठमाडौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोगस्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहबीच हस्तान्तरण गरे । उक्त समारोहमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्